२०८३, कार्तिक १० गते

Oct 26 2026

मेस्सीको राष्ट्रिय टोलीसँग २१ वर्षे यात्रा टुंगियो

मेस्सीको राष्ट्रिय टोलीसँग २१ वर्षे यात्रा टुंगियो

रोज नेपाल
बुधवार, आश्विन २१ २०८३
रोज नेपाल
बुधवार, आश्विन २१ २०८३
  •  ब्युनस आयर्स । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको भावुक अन्त्य गरेका छन् । 

    मंगलबार राति बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै उनले अर्जेन्टिनाको जर्सीमा अन्तिम खेल खेले । 

    ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा ८५ हजारभन्दा बढी दर्शकमाझ भएको खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० ले पराजित गर्दा मेस्सीले एक गोल गर्नुका साथै दुई गोलमा असिस्ट गरे ।

    खेलपछि मेस्सीलाई टोलीका खेलाडी तथा समर्थकहरूले भावुक हुँदै बिदाइ गरे । 

    मेस्सीले सन् २००५ मा अर्जेन्टिनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए ।  राष्ट्रिय टोलीका लागि उनले २०७ खेलमा १२५ गोल गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । 

    उनको अन्तर्राष्ट्रिय करियरमा २०२१ को कोपा अमेरिका, २०२२ को फाइनलिसिमा, २०२२ को विश्वकप र २०२४ को कोपा अमेरिका गरी चार प्रमुख उपाधि समावेश   छन् ।

    २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताउँदै मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय करियरको सबैभन्दा ठूलो उपलब्धि हासिल गरेका थिए । 

    सन् २०२६ को विश्वकपमा अर्जेन्टिना स्पेनसँग फाइनलमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए ।   

    त्यसपछि बेनिनविरुद्धको खेललाई उनको औपचारिक बिदाइका रूपमा आयोजना गरिएको हो । 

    मेस्सीले अर्जेन्टिनाको जर्सीमा छ वटा विश्वकप खेले । उनको बिदाइसँगै अर्जेन्टिनाको फुटबलमा दुई दशकभन्दा लामो मेस्सी युगको एउटा ऐतिहासिक अध्याय समाप्त भएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij