२०८३, कार्तिक १९ गते

Nov 04 2026

नेपाली टिमले जित्यो कलिनेरी मलेसिया २०२५ मा कास्य पदक

नेपाली टिमले जित्यो कलिनेरी मलेसिया २०२५ मा कास्य पदक

शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • मलेसिया । क्लालालम्पुरमा सेटेम्वर २३ देखि २६ मा सम्पन्न भएको एसियाको सबैभन्दा ठूलो र प्रतिष्ठित पाककला प्रतियोगिता 𝗖𝘂𝗹𝗶𝗻𝗮𝗶𝗿𝗲 𝗠𝗮𝗹𝗮𝘆𝘀𝗶𝗮 𝟮𝟬𝟮𝟱 मा नेपाली टिमले तेस्रो स्थान (कांस्य पदक) प्राप्त गरेको छ ।

    एसियाको सबैभन्दा ठूलो र प्रतिष्ठित पाककला एंव खाद्य प्रदर्शनी, एक्स्पो कुलिनेरको रूपमा आयोजना भएको यस कार्यक्रममा ५० भन्दा बढी देशका झन्डै १५०० जना युवा सेफहरूले प्रत्यक्ष खाना पकाउने प्रतियोगितामा भाग लिएका थिए ।


    सेफ एसोसिएसन अफ नेपालको अगुवाइमा महासचिव पदम बहादुर आले मगरको नेतृत्वमा रहेको टोलीमा सनिल डंगोल,छत्र बहादुर थापामगर ,पदम बहादुर मगर रहनुभएको थियो ।

    ग्रान्ड फिनालेमा अगानोमा सेकेको खुखुरा,बसारीमा पोलेको माछा ,योमरी जस्ता नेपाली परिकारहरूको चयनले निर्णायकहरूलाई प्रभावित पारे, जसले नेपालको पाककला सम्पदालाई विश्वव्यापी रूपमा चर्चामा ल्यायो ।

    प्रतियोगितामा नेपाली खानालाई परिचित गराएर नेपाल र नेपालीको शिर उचो बनाए । अबका दिनमा हामीले पनि नेपाली परिकार स्वादिष्ट र स्वस्थ्य मात्र होइन बिस्वसामु प्रतिश्पर्धा गर्न लायक पनि छन् भनि प्रमाणित गरेर देखाउन नेपाल सफल भएको छ।


    ग्यास्ट्रोनोमिक सीप, कलात्मकता र नवीनताको उत्सवमा प्रतिस्पर्धा रहेको दक्षिणपूर्वी एसियाकै ठुलो पाककला प्रतियोगिताको नेपालको तर्फबाट पदम बहादुर आले मगर निर्णायकको भूमिका हुनुहुन्थ्यो ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij