२०८३, आश्विन १ गते

Sep 17 2026

कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ

कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ

शनिवार, आश्विन २५ २०८२
शनिवार, आश्विन २५ २०८२
  • काठमाडौं। लिखत सम्बन्धी कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लि. का सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेका छन्।

    सिआइबीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार टोलीले शुक्रबार काठमाडौं महानगरपालिका–३१, शंखमूलस्थित सुवेदीको निवासबाट पक्राउ गरेको हो।

    केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले जारी गरेको सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका पशु औषधि आयात गरिएको पाइएको थियो।

    पशु सेवा विभाग अन्तर्गतको आयात–निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिको निर्णयअनुसार कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सलाई पशु फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल, टक्सिन बाइन्डर आयात गर्न अनुमति दिइएको थियो। तर, सो अनुमति पत्र किर्ते गरी नेपालमा दर्ता नभएका औषधिहरू विभिन्न भन्सार कार्यालयमा पेस गरी आयात गरिएको अनुसन्धानमा खुलेको छ।

    सोही सम्बन्धमा लिखत किर्तेसम्बन्धी मुद्दा दर्ता भई ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो।

    सिआइबीले सुवेदीमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij