२०८३, आश्विन १ गते

Sep 17 2026

नेपालले युएईविरूद्ध टस जित्यो, यस्तो छ प्लेइङ-११

नेपालले युएईविरूद्ध टस जित्यो, यस्तो छ प्लेइङ-११

आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज सुपर-६ को महत्वपूर्ण खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ।

    खेलमा नेपालले टस जितेको छ। टस जितेको नेपालले ब्याटिङ गर्ने निर्णय गरेको छ।

    खेलका लागि नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन। समूह चरणमा कुवेत र जापानविरूद्ध खेलेको टिमलाई नै निरन्तरता दिइएको छ।

    नेपाली टोली : कुशल भुर्तेल, आसिफ शेख, रोहिकुमार पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह  ऐरी, गुल्सन झा, सोपमाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललितनारायण राजवंशी।

    समूह विजेता हुँदै सुपर-६ मा पुगेको नेपालले आइतबार अपराह्न सवा ४ बजे आफ्नो चीर परिचित प्रतिद्वन्द्वी युएईसँग खेल्न लगेको हो। खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुनेछ।

    आज युएईविरूद्धको खेल नेपालका लागि महत्वपूर्ण छ। किनभने युएईलाई आज हराएको अवस्थामा नेपालको विश्वकपमा छनोट हुने सम्भावना बढ्नेछ। आजको हारले भने नेपालमाथि दबाब बढ्न सक्छ।

    समूह चरणको खेलमा नेपालले कुवेत र जापानलाई हराएको थियो। नेपाल रहेको समूह २ बाट जापान पनि सुपर सिक्समा पुगेको छ। यद्यपि आफ्नै समूहबाट आएको टोलीबीच भने सुपर सिक्समा खेलाइँदैन।

    अब सुपर-६ मा आफ्नो समूहबाट आएका बाहेकका चार टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। आफ्नो समूहबाट आएको टोलीसँगको नतिजा पनि सुपर-६ मा गणना हुनेछ।

    दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।

    सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।

    शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij