२०८३, कार्तिक १९ गते

Nov 04 2026

ग्रीनसिटी हस्पिटल संगको सहकार्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीको आयोजनामा बृहत रक्तदान कार्यक्रम संचालन हुने

ग्रीनसिटी हस्पिटल संगको सहकार्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीको आयोजनामा बृहत रक्तदान कार्यक्रम संचालन हुने

रोज नेपाल
बिहिवार, भाद्र ५ २०८२
रोज नेपाल
बिहिवार, भाद्र ५ २०८२
  • काठमाडौं । ब्रह्माकुमारी राजयोग नेपाल समाजसेवा प्रभागको आयोजनामा मेगा रक्तदान अभियान सन्चालन हुने भएको छ । 
    रक्त अभावलाई न्यूनिकरण गर्दै समाजमा भाईचाराको बिकास गर्न तथा मानव स्वास्थ्यमा बिशेष चासो दिदै यो कार्यक्रम आयोजना गरिएको ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागले जनाएको छ । 
    रक्तदान कार्यक्रमलाई मेगा रक्तदान अभियानको रुपमा अगाडी बढाउँदै प्रभागको अगुवाईमा देशैभर १३२ स्थानमा एकै समयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 
    यस कार्यक्रममा बिभिन्न स्थानिय तथा राष्ट्रिय स्तरका संघ संस्था संगको सहकार्यमा कार्यक्रम सन्चालन गरिने छ । 
    यसैबिच काठमाडौंको बसुन्धारा,चौकीमा रहेको ग्रीनसिटी हस्पिटल संगको सहकार्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीको आयोजनामा यहि भाद्र ६,७,८ र ९ गते ग्रीनसिटी हस्पिटलको प्रागणमा बृहत रक्तदान कार्यक्रम संचालन हुने भएको हो । 
    कार्यक्रममा सह आयोजकको रुपमा ब्लोदान काठमाडौं जिल्ला मध्यक्षेत्र , चक्रपथ सरसफाई महाअभियान तथा रोटरी क्लब अफ काठमाडौं डाउनटाउन रहने छन् भने सहयोगी संस्थाको रुपमा यती हेल्थ साईन्स् एकेडेमी महाराजागन्ज — ३ तथा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल रहने छन् । 
    यस्तै कार्यक्रमको मिडिया सपोर्टरको रुपमा तुफान न्यूज डटकम, नेपाली मिडिया अनलाईन टि भी ,राष्ट्रिय खबर डटकम तथा रोज नेपाल अनलाईन टिभी रहेका छन् । 
    लगातार ४ दिन सम्म चल्ने उक्त कार्यक्रमको व्यवस्थापन सामाजिक अभियन्ता तथा गायक तिलक बस्नेतले गरिरहेका छन् । 
    ग्रीन सिटी हस्पिटलका अध्यक्ष तथा चक्रपथ सरसफाई महाअभियानका संयोजक लोक बहादुर टण्डन तथा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीकी मुख्य सन्चालिका ब्रह्माकुमारी श्रृजना का अनुसार ४ दिनमा ४०० प्रिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ । 
    कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न बिभिन्न शैक्षिक संस्था, नेपाल प्रहरी ,ससश्त्र प्रहरी बल तथा नेपाली सेना र अन्य स्थानिय संघ संस्था संग सहयोगको लागि पहल समेत गरिएको छ । 
    मेगा रक्तदान अभियानमा सहभागि हुन आयोजक तथा सहआयोजक संस्थाहरुले आम नागरिकहरुमा अपिल समेत गरेका छन् । 
     

    hhgu.JPG
    undefined

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij