२०८३, आश्विन १ गते

Sep 17 2026

स्वास्थ्य मन्त्रालयले सार्वजनिक बिदाको दिन पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन

स्वास्थ्य मन्त्रालयले सार्वजनिक बिदाको दिन पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन

रोज नेपाल
शुक्रवार, चैत्र २७ २०८२
रोज नेपाल
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाण्डौ।  स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक बिदाको दिन पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । 

    यसका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति मार्फत दुई दिने बिदाका कारण सेवा प्रवाहमा असर परेको भन्दै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई विशेष व्यवस्था गर्न आग्रह भनेको छ । 

    मन्त्रालयले आइतबार सार्वजनिक बिदाको दिन पनि कामको भार र जनशक्तिको आधारमा ओपीडी सेवा सञ्चालन गर्न भनेको छ । साथै, कर्मचारीहरूलाई अन्य दिन बिदा मिलाएर दिने व्यवस्था गर्न भनिएको छ । यदि यस्तो व्यवस्था सम्भव नभएमा सट्टा बिदा उपलब्ध गराउन पनि मन्त्रालयले भनेको छ । 

    यस्तै, प्रादेशिक अस्पतालहरूमा पनि त्यही अनुसार जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य सेवा प्रभावकारी र निरन्तर रूपमा सञ्चालन हुने विश्वास लिएको छ । 

     

    अन्तिम अपडेट: चैत २७, २०८२

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij