२०८३, आश्विन २ गते

Sep 18 2026

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका युट्युबर रोशन पोखरेल पक्राउ

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका युट्युबर रोशन पोखरेल पक्राउ

रोज नेपाल
आइतवार, चैत्र २९ २०८२
रोज नेपाल
आइतवार, चैत्र २९ २०८२
  • काठमाडौं । ‘कन्टेन्ट’का नाममा प्रधानमन्त्रीसहितका नेताहरुलाई गाली गर्ने युट्युबर पक्राउ परेका छन् । प्रधानमन्त्री बालेन शाह लगायतका नेताहरुलाई गाली गर्दै अपमानजनक सामाग्री बनाएको आरोपमा पाँचथरका रोशन पोखरेल पक्राउ परेका हुन् ।

    फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेललाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

    पोखरेलले HADES नामक युट्युब च्यानल चलाउँदै आएका छन् । उक्त च्यानलमार्फत प्रशारण सामाग्रीका आधारमा पोखरेललाई पक्राउ गरिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए ।

     

    पक्राउ परेका पोखरेलमाथि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरेर साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij