२०८३, कार्तिक १९ गते

Nov 04 2026

वैशाख २ गते कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

वैशाख २ गते कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
  • काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको । बैठक वैशाख २ गते पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेगरी बोलाइएको हो । वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो ।

    संसदीय दलको नेतामा अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य, जनकराज गिरी लगायत आकाङ्क्षी छन् । कतिपयले नयाँ पुस्ताबाट संसदीय दलको नेता चयन हुनुपर्ने भन्दै निस्कल राईको नाम पनि अघि सारेका छन् । शीर्ष तहका नेताहरूले सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने गरी छलफल भइरहेको छ ।

    बैठकमा क्रियाशील सदस्यता अद्यावधिक, एक महिने ‘जरामा जाऔँ अभियान’ लगायतमा पनि छलफल हुने जानकारी गराइएको छ । नयाँ वर्षको पहिलो दिनदेखि कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने भएको छ । भोलि देखि नेताहरू खटाएर देशभर जरामा जाऔँ अभियान सुरु गर्न लागिएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij