२०८३, आश्विन २ गते

Sep 18 2026

केपी ओलीको शल्यक्रिया सकियो पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

केपी ओलीको शल्यक्रिया सकियो पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
  • काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन सकिएको छ । उनलाई अपरेशन थिएटर (ओटी) बाट वार्डमा सार्ने तयारी भइरहेको छ ।

    त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका निर्देशक डा.सुवास आचार्यले ओलीको अपरेशन सम्पन्न भएको जानकारी दिए । विस्तृत जानकारीका लागि केहीबेरमै प्रेस नोट जारी हुने उनले बताए ।

    ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा निकालेको हो ।

     

    ओलीको सचिवालयका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि उनलाई अपरेसन थिएटरबाट वार्डमा सार्ने तयारी भइरहेको छ । स्वास्थ्य अवस्थासम्बन्धी विस्तृत विवरण केहीबेरमै प्रेस नोटमार्फत सार्वजनिक गरिने अस्पतालले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij