२०८३, आश्विन १ गते

Sep 17 2026

कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय

कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय

रोज नेपाल
बुधवार, बैशाख २ २०८३
रोज नेपाल
बुधवार, बैशाख २ २०८३
  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

    आज सानेपामा बसेको अनुशासन समिति बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको समितिका संयोजक तारामान गुरूङले जानकारी दिए। 

    खड्काले कार्यवाहक सभापतिको हैसियतमा पटक पटक विज्ञप्ति जारी गर्दै आएका थिए। उनलाई कार्यवाहक सभापति हैसियतमा विज्ञप्ति जारी नगर्न यसअघि अनुशासन समितिले सचेत गराएको थियो । 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij