काठमाडौं । तुफान न्युज डटकम को आधिकारिक सञ्चालक संस्था पहाडी मिडिया नेटवर्क प्रा.लि. ले प्रकाशन गरेको “भित्तेपात्रो–२०८३” विमोचन गरेको छ।
समाजका हरेक गतिविधिलाई आमनागरिकसम्म पुर्याउँदै सूचना प्रवाहको जिम्मेवारी वहन गरिरहेको संस्थाले सीमित स्रोत, अपार उत्साह र सामाजिक जिम्मेवारीको भावना बोकेर अघि बढिरहेको मिडियाले प्रकाशन गरेको भित्तेपात्रो केवल पात्रो मात्र नभई संघर्ष, निरन्तरता र विश्वासको प्रतीकका रूपमा प्रस्तुत भएको सारा खबर डटकम का सह–सम्पादक तथा तुफान न्युज डटकम का प्रबन्ध निर्देशक डि।बि। पराजुलीले बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले “मिडियाको मेरुदण्ड नै विज्ञापन हो।” उनीहरूले साना तथा स्वतन्त्र मिडियालाई जोगाउन उद्योगी, व्यवसायी र समाजका हरेक वर्गको साथ अपरिहार्य रहेकोमा जोड दिए। उनीहरुले “मिडिया र व्यवसायबीचको सम्बन्ध नङ र मासु जस्तै हुनुपर्छ।” भन्ने सन्देश दिएका थिए ।
कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ ले सामाजिक उत्तरदायित्व बोकेका यस्ता मिडियालाई सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्दै भने “समाज परिवर्तनको अभियानमा लागेका मिडियाहरूलाई हामीले कहिल्यै एक्लो छोड्नु हुँदैन।”
त्यसैगरी युवा व्यवसायी सुशिल मोक्तान ले नेपाली उत्पादनको प्रयोगमार्फत स्वदेशी उद्योगलाई मजबुत बनाउन आग्रह गर्दै आफ्नो सफलताको यात्रामा साना मिडियाको महत्वपूर्ण योगदान रहेको स्मरण गरे।
कार्यक्रमले केवल मिडियाको चर्चा मात्र गरेन, जीवनशैलीको सन्देश पनि दियो। दन्त चिकित्सक डा। पुस्कर काफ्ले ले दैनिक जीवनमा सानो बानी—“बेलुका खाना पछि दाँत माझ्ने” ले ठूलो स्वास्थ्य लाभ दिने भन्दै उपस्थित सबैलाई सचेत गराए।
विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा अभियन्ता, पत्रकार, समाजसेवी, कलाकार तथा व्यवसायीहरूको सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो।
कार्यक्रमको संयोजन पहाडी मिडिया नेटवर्क प्रा।लि। का अध्यक्ष तथा तुफान न्युज डटकम का सम्पादक राम बहादुर सिंह ले गर्नुभएको थियो भने संचालन सारा खबर डटकम का सह–सम्पादक तथा तुफान न्युज डटकम का प्रबन्ध निर्देशक । पराजुली ले गरेका थिए ।
अनौपचारिक शैलीमा सम्पन्न कार्यक्रमका बीच उपस्थित सबैले हात–हातमा भित्तेपात्रो समातेर सामूहिक रूपमा विमोचन गर्दा वातावरण नै उत्साह र अपनत्वले भरिएको थियो।
कार्यक्रमको अन्त्यमा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान गर्दै सहभागीहरूले एउटै सन्देश दोहोर्याए