२०८३, आश्विन १ गते

Sep 17 2026

कांग्रेसका खड्का सार्वजनिक लेखा समिति सभापतिमा निर्वाचित

कांग्रेसका खड्का सार्वजनिक लेखा समिति सभापतिमा निर्वाचित

रोज नेपाल
शुक्रवार, बैशाख ४ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख ४ २०८३
  • काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्रै मनोनयन परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

    सांसद मोहन आचार्य प्रस्तावक र सांसद जनकराज गिरीको समर्थनमा खड्काले बिहीबार समिति सभापति पदमा मनोनयन दर्ता गराएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij