२०८३, आश्विन १ गते

Sep 17 2026

गृहमन्त्री सुदनले गरे इन्स्पेक्टर लामाको शव बोकेर सम्मान प्रकट

गृहमन्त्री सुदनले गरे इन्स्पेक्टर लामाको शव बोकेर सम्मान प्रकट

रोज नेपाल
शुक्रवार, बैशाख ४ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख ४ २०८३
  • काठमाडौं । तार्केश्वर नगरपालिकामा ट्रकको टक्करबाट मृत्यु भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छन् ।
    स्वयम्भूमा दाहसंस्कार कार्यक्रममा पुगेका गृहमन्त्री गुरुङले लामाको शव बोकेका छन् । गुरुङले उनको शव आफैँले बोकेर सम्मान प्रकट गरेका हुन्। 

    अन्त्येष्टि कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति थियो। मन्त्रीले दाहसंस्कारमा सहभागी भएर यसरी शव बोकेपछि उनका आलोचकहरु पनि अवाक्क भएका छन् । पहिलेका मन्त्री र अहिलेका मन्त्रीको फरक नै यही हो समर्थकहरु भन्छन् । 

    चैत २९ मा तार्केश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा लामाले चलाएको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत लामा ड्यूटी सकेर घर फर्किनेक्रममा ट्रकले ठक्कर दिएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij