२०८३, आश्विन १ गते

Sep 17 2026

फेसियल हाउसको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ भव्य रुपमा सम्पन्न

फेसियल हाउसको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ भव्य रुपमा सम्पन्न

रोज नेपाल
शुक्रवार, भाद्र ६ २०८२
रोज नेपाल
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले हरेक वर्ष आयोजना गर्दै आएको ‘सेलिब्रेशन अफ कल्चर’ कार्यक्रम यो वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ ।

    फेसियल हाउसले नेपाली कला, संस्कृति र शैलीलाई संरक्षण, प्रवर्द्धन र प्रोत्साहन गर्न हरेक नेपाली पर्वहरूलाई विशेष रुपमा मनाउने गरेको र यस वर्षको तीज पर्वलाई विगतको भन्दा अझ फरक तरिकाले मनाइएको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ सौन्द्रर्यविद् सुष्मा महराले जानकारी दिइन् । यसरी नेपालको मौलिक पर्वहरूलाई मौलिक रूपमै मनाउँदा विशेष हुने उनको भनाइ छ ।

    कार्यक्रमअन्तर्गत विभिन्न गीत तथा सांगीतिक प्रतियोगितासँगै फेसियल हाउस एकेडेमीका विद्यार्थीबीच ब्राइडल मेकअप प्रतियोगिता समेत गराइएको थियो । उक्त प्रतियोगितामा बिमला श्रेष्ठ विजेता, फर्स्ट रनरअप तारा गुरुङ, सेकेण्ड रनरअप प्रतिमा राई ठकुरी घोषित भए ।

    त्यसैगरी, विशेष शीर्षकमा बेस्ट परफर्मर रेणु भुजेल, बेस्ट रमप वाक रोशनी जोशी, बेस्ट ट्रेडिशनल अटायर प्रिजेन्टेसन मिना पौडेल, स्टाइल आइकन अफ द इभेन्ट सरिना बम्जन विजयी भए ।

    कार्यक्रमको को–अर्डिनेशन आर्शुले गरेका थिए भने मेकअप प्रतियोगिताका निर्णायकहरूमा गंगा लामा, रोहिया महर्जन, टुना थापा, सारुक हुसेन, उषा लोहनी,अनिल योञ्जन, तेन्जिङ शेर्पा र आकृति रायमाझी रहेका थिए ।

    त्यसैगरी कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सकी अध्यक्ष उर्मिला श्रेष्ठ प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख अतिथि श्रेष्ठ र अतिथिहरूले विजेताहरूलाई ताज वितरण गरेका थिए ।

    फेसियल हाउसबारे

    काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय (सर्भिस सेन्टर) रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने थप दुई नयाँ शाखा विस्तारको अन्तिम तयारीमा छ।

    कामको लागि विदेशमा भन्दा पनि स्वदेशमा काम गर्न सके नेपालमा आफनै परिवार साथमा रहेर राम्रो गर्न सकिन्छ भन्ने जलनद उदाहरण पनि हो फेसियल हाउस ।

    सौन्दर्य पेशालाई राम्रो रूपमा हेर्नु पर्छ भनेर पुराना सौन्दर्यविद्हरूले भनिरहदा फेसियल हाउसले नेपालभर आफ्नो ब्राण्ड बनाएर शाखा विस्तार गरि गर्दै गाउँठाउँको सेवाग्राहीलाई सहुलियत मूल्य सेवा प्रवाह गर्दै आएको छ।

    फेसियल हाउसमा बिदेश जाने कोर्स मा पढाइ हुने भएकोले धेरै भन्दा धेरै विद्यार्थीको रोजाई रहेकोे छ । जहाँ अन्तर्राष्ट्रिय स्तरको तालिम पनि सञ्चालन हुने गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij