२०८३, कार्तिक १९ गते

Nov 04 2026

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

रोज नेपाल
सोमवार, बैशाख ७ २०८३
रोज नेपाल
सोमवार, बैशाख ७ २०८३
  • काठमाडौं । सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ थियो ।

    त्यस्तै आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेसँगै ५ हजार १९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार २२५ रुपैयाँ थियो । गत सोमबार चाँदी ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij