२०८३, कार्तिक १९ गते

Nov 04 2026

कर्मचारीलाई सरकारको निर्देशन: आचारसंहिता कार्यान्वयन गर्नु

कर्मचारीलाई सरकारको निर्देशन: आचारसंहिता कार्यान्वयन गर्नु

रोज नेपाल
बुधवार, बैशाख ९ २०८३
रोज नेपाल
बुधवार, बैशाख ९ २०८३
  • काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ ।संघीय मामिला तथा प्रशासन मन्त्रालयले सूचना जारी गरेर सरकारले स्वीकृत गरेको शासकीय सुधारका कार्यसूची अनुसार जिम्मेवारी निर्वाह गर्न भनेको हो ।

    सरकारले सार्वजनिक गरेको शासकीय सुधारका एक सय कार्यसूची मध्ये निजामति कर्मचारीका सन्दर्भ पनि समेटिएको थियो । शासकीय सुधारका कार्यसुचीमा ‘विद्यामान भ्रष्टचार, ढिलासुस्ती जनमुखी र उदाहरणीय बनाउन कर्मचारी आचारसंहिता अक्षरश कार्यान्वयन गर्ने’ उल्लेख थियो ।

    साथै, कर्मचारीहरुले व्यवसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र सरकारका निर्णयहरुको प्रभावकारी कार्यान्वयनमा समर्पित भई काम गर्ने वातावरण सुनिश्चित गर्ने सरकारको शासकीय सुधारका कार्यमा लेखिएको छ । कर्मचारीको आचरण सम्बन्धमा निजामति सेवा ऐन र नियमावली पूर्ण रुपमा पालना गर्न निर्देशन दिइएको छ ।
     

     

     
     
     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij