२०८३, आश्विन १ गते

Sep 17 2026

ओलीको सन्देश पढेर सुनाउँदै बादलले भनेः एक भएर चुनौती पार गर्नुपर्नेछ

ओलीको सन्देश पढेर सुनाउँदै बादलले भनेः एक भएर चुनौती पार गर्नुपर्नेछ

रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
  • काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान चुनौतीहरूलाई पार लगाउन पार्टी एकता अपरिहार्य भएको रहेको बताएका छन ।

    बुधबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । अस्वस्थ भएर घरमै आराम गरिरहेका ओलीले आजको कार्यक्रमका लागि सन्देश पठाएका थिए । उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पढेर सुनाए ।

    ‘पार्टीको नेतृत्वमा भएको विभिन्न आन्दोलनले उपलब्धी पनि हासिल गरेको छ । तर पटकपटक पीडा पनि व्यहोरेको छ । निरंकुशताको अन्त्य र गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्यो पार्टीले,’ ओलीले पठाएको सन्देश सुनाउँदै बादलले भने, ‘मुलुकलाई सुखी नेपाली समृद्ध नेपालको मार्गमा डोर्‍यायो ।

    नेकपा एमाले अनेकौं प्रतिकूलता झेलेर यहाँ आएको हो । एकताबद्ध भएर गौरवशाली र ऐतिहासिक चुनौती पार गर्नुपर्नेछ ।’ उनले आजको समयमा चुनौतीलाई पार गर्न पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने अवस्था रहेको पनि बताएका छन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij