२०८३, आश्विन २ गते

Sep 18 2026

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

रोज नेपाल
शुक्रवार, बैशाख ११ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख ११ २०८३
  • काठमाडौँ । सरकारले  मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को वैशाख २, ८ र १० गते बसेको बैठकका निर्णयहरु सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् । 

    निर्णयहरु

    - वि.सं. २०६२/६३ देखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका मुख्य राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन र छानबिन गर्न आयोग गठन गरिएको छ।

    - बेपत्ता पारिएका व्यक्तिको छानबिन र मेलमिलाप कोषका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने १ मिलियन स्वीस फ्रयांक (करिब १० करोडभन्दा बढी) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ। -आन्तरिक राजस्व विभाग र मातहतका विभिन्न कार्यालयका प्रमुख तथा कर अधिकृतहरूलाई तोकिएको क्षेत्र हेर्ने गरी अन्तःशुल्क अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ।

    - नेपाल र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता (२०८२ फागुन ५ मा भएको) अनुमोदनका लागि प्रतिनिधि सभामा पेश गर्ने निर्णय भएको छ।

    - राष्ट्रिय राजमार्ग र स्थानीय सडक अन्तर्गतका निर्माणाधीन १६२ वटा पुलहरूको अनिवार्य दायित्व भुक्तानीका लागि आवश्यक बजेट रकमान्तर र थप बजेट व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

    - इजरायलको गाजा क्षेत्रमा भएको आक्रमणमा परि मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ।

    -'आरोग्य पर्यटन रणनीति २०२६-२०३५' र 'कार्ययोजना २०२६-२०३०' स्वीकृत गरिएको छ।

    - नेपाल र कोरिया सरकारबीच जलवायु परिवर्तनसम्बन्धी 'फ्रेमवर्क एग्रिमेन्ट' स्वीकृत गरिएको छ। साथै, हङकङका लागि नेपाली महावाणिज्यदूत डा.विन्देश्वरप्रसाद लेखकलाई २० दिनभित्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता बोलाइएको छ।

    -माथिल्लो मिदिम, बकान खोला र माथिल्लो खुदी जलविद्युत आयोजनाका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा २५ वर्षका लागि प्रयोग गर्न र रुखहरू हटाउन स्वीकृति दिइएको छ।

    -नेपाली सेनाका सहायक रथीहरूलाई उपरथी दर्जामा बढुवा गरिएको छ।

    -नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न डा. गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरिएको छ।

    -सचिव राम आधार शाहलाई अनिवार्य अवकाशको जानकारी गराउँदै बिदाइ गरिएको छ।

    -संघीय संसदको अधिवेशन आह्वान सम्बन्धी सिफारिसलाई विशेष कारणवश स्थगित गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij