२०८३, आश्विन १ गते

Sep 17 2026

अझ अब्बल निर्देशक बन्दै दिपेश एस के — २०० भन्दा बढी गीतमा जीवन, प्रेम र पीडाको कथा

अझ अब्बल निर्देशक बन्दै दिपेश एस के — २०० भन्दा बढी गीतमा जीवन, प्रेम र पीडाको कथा

शुक्रवार, बैशाख ११ २०८३
शुक्रवार, बैशाख ११ २०८३
  •  

    काठमाडौं । नेपाली संगीत क्षेत्रमा निरन्तर क्रियाशील र सिर्जनशील निर्देशक दिपेश एस के फेरि एकपटक चर्चामा आएका छन्। आज मात्र रिलिज भएको मौलिक कोैराह गीत “कालिगंगा” ले दर्शक–श्रोतामाझ भावनात्मक तरंग सिर्जना गरिरहेको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको चर्चा तीव्र बन्दै गएको छ भने निर्देशक दिपेशको कामप्रतिको समर्पण र दृष्टिकोणको व्यापक प्रशंसा हुन थालेको छ।

    दिपेश एस के कुनै एक शैलीमा सीमित निर्देशक होइनन्। उनले निर्देशन गरेका “जिन्दगीको केही हुन्न भर”, “जाऊ माया बसैमा”, “चञ्चल चञ्चल भएको छ”, “मामा भान्जी”, “एकान्तमा भेटो मायालु”, “सही हो माया सही हो”, “मेरो मन किन दुखायो”, “तिम्रा लागि रुने मन”, “म एक्लो”, “शक्ति मेरो नाम”, “पाउनु मात्र माया होइन”, “डोकोचयाको”, “उ छुट्याउने दाउ”, “कसो गरी भुलु म”, “मलाई माफ गरिदेउ”, “क्वाटरले झ्याप”, “लास्टै टेन्सन भो” लगायतका गीतहरूले फरक–फरक स्वाद र भाव बोकेका छन्।

    विशेषगरी तामाङ समुदायका मौलिक गीतहरूमा उनले दिएको दृश्यात्मक अभिव्यक्ति निकै प्रभावशाली मानिन्छ। गाउँघरको जीवन, प्रेमको मिठास, विछोडको पीडा र समाजका यथार्थलाई पर्दामा उतार्ने उनको शैलीले दर्शकको मन छोएको छ। उनका भिडियोहरूमा केवल कथा मात्र होइन, भावना बोल्ने गर्छन्।

    करिब २०० भन्दा बढी गीतहरू निर्देशन गरिसकेका दिपेश एस के अहिले नेपाली म्युजिक भिडियो उद्योगका भरपर्दा र अब्बल निर्देशकको रूपमा स्थापित हुँदै गएका छन्। नयाँ पुस्ताका कलाकारहरूका लागि उनी प्रेरणाको स्रोत बन्दै गएका छन् भने पुराना कलाकारहरूका लागि विश्वासको नाम।

    “कालिगंगा” मार्फत फेरि एकपटक आफ्नो सृजनात्मक क्षमता प्रमाणित गरेका दिपेश एस के आगामी दिनमा अझ ठूलो उचाइ छुन सक्ने संकेत देखिएको छ। प्रेम, पीडा र यथार्थको संगमलाई जीवन्त बनाउने उनको यात्राले नेपाली संगीत क्षेत्रमा अझ नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

    https://youtu.be/JMY5p-KBVi0?t=476

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij