२०८३, आश्विन १ गते

Sep 17 2026

बील बिजक बिनाको साढे ४६ लाख बराबरको सञ्चार सामग्री बरामद

बील बिजक बिनाको साढे ४६ लाख बराबरको सञ्चार सामग्री बरामद

बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौं। महोत्तरीको बर्दिवास नगरपालिका–९ रातु खोलास्थित बगर इलाकाबाट सशस्त्र प्रहरीले साढे ४६ लाख रुपैयाँ बराबरको सञ्चार सामग्री बरामद गरेको छ ।

    मधेश प्रदेश ०२–००१ स ५२४८ नंम्बरको इ–रिक्सामा लोड गरी राखेको बील बिजक समेत नभएको आठ वटा सञ्चार उपकरण सशस्त्र प्रहरीले बरामद गरेको हो ।

    विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भंगाहा र सुरक्षा बेश पशुपतिनगरबाट खटिएको सुरक्षा टोलीले ती सामान बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

    दुरसंचारको टावरमा प्रयोग हुने यी उपकरण कसले कुन प्रयोजनको ल्याएको हो भन्ने केही खुलेको छैन । बरामद सामान तथा रिक्सा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij