२०८३, आश्विन १ गते

Sep 17 2026

अतिक्रमित बस्ती हटाउने अभियानअन्तर्गत १ हजार ९ सय ६१ वटा घरटहरा भत्काइए

अतिक्रमित बस्ती हटाउने अभियानअन्तर्गत १ हजार ९ सय ६१ वटा घरटहरा भत्काइए

रोज नेपाल
मंगलवार, बैशाख १५ २०८३
रोज नेपाल
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका अतिक्रमित बस्ती हटाउने अभियानअन्तर्गत १ हजार ९ सय ६१ वटा घरटहरा भत्काइएको छ ।

    नेपाल प्रहरीले तयार पारेको तथ्यांकअनुसार थापाथली, गैरीगाउँ, मनोहरा (काठमाडौँतर्फ) र मनोहरा (भक्तपुरतर्फ) क्षेत्रका घरटहरा हटाइएको हो ।

    प्रहरीका अनुसार कूल भत्काइएका घरमध्ये ५ सय ७८ वटा पक्की र १ हजार ३ सय ८३ वटा कच्ची घरटहरा रहेका छन् ।

    मनोहरा काठमाडौँतर्फ रहेका २ वटा पक्की र १ सय १९ वटा कच्ची घरटहरा सबै भत्काइएको छ। मनोहरा भक्तपुरतर्फ भने २ सय ९२ वटा पक्की र ५ सय १८ वटा कच्ची घरटहरा पूर्णरूपमा हटाइएको प्रहरीले जनाएको छ ।

    थापाथली क्षेत्रमा रहेका १ सय ४३ वटा कच्ची घरटहरा सबै भत्काइएको छ भने गैरीगाउँमा २ सय ८५ मध्ये २ सय ८४ वटा पक्की घर र ५ सय ९३ वटा कच्ची घरटहरा पूर्णरूपमा हटाइएको छ।

    घरटहरा भत्काउने कार्यबाट कुल १० हजार ३ सय २० जना प्रभावित भएका छन् । प्रभावितमध्ये ३ हजार १ सय ३३ महिला, ३ हजार १ सय ६७ पुरुष, १ हजार ५ सय ८ बालक र १ हजार ७ सय ६ जना बालिका रहेका छन् ।

    तथ्याङ्क

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij