२०८३, कार्तिक १९ गते

Nov 04 2026

आशा लामा ज्ञानमाला र  डिजराज पौडेलको “तिनपानेको झोल” बजारमा

आशा लामा ज्ञानमाला र  डिजराज पौडेलको “तिनपानेको झोल” बजारमा

रोज नेपाल
मंगलवार, बैशाख १५ २०८३
रोज नेपाल
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौँ। गायिका आशा लामा ज्ञानमाला र गायक डिजराज पौडेलको सुमधुर स्वरमा सजिएको  “तिनपानेको झोल” बजारमा आएको छ। नेपाली संगीत क्षेत्रमा उक्त गीत यतिखेर अत्याधिक रुपमा टिकटकमा रुचाईएको गीतमा पर्छ । हप्ता दिन अधि सार्वजनिक उक्त गीतले  सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। 
    सार्वजनिक भएको छोटो समयमै युट्युब तथा सामाजिक सञ्जालमा गीतले उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ। दर्शकहरूले विशेषगरी गीतको भावनात्मक प्रस्तुति, संगीत संयोजन र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्।

    गीतका शब्द चक्र बहादुर कार्कीले तयार पारेका हुन् भने संगीत स्वयं गायक डिजराज पौडेलकै रहेको छ। संगीत संयोजन कृष्ण लमामीछानेले गरेका छन्, जसले गीतलाई अझ आधुनिक र कर्णप्रिय बनाएको छ।

    भावनात्मक कथावस्तुमा आधारित गीतले प्रेम, विछोड र जीवनका यथार्थ पक्षलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। मधुर धुन र गहिरो शब्द संयोजनले श्रोतालाई गीतसँग भावनात्मक रूपमा जोड्न सफल देखिन्छ।

    गीतको म्युजिक भिडियोमा दिपेन्द्र सोनाम र नितु सिंह ठकुरीको अभिनय देख्न सकिन्छ। उनीहरूको जीवन्त प्रस्तुति र भाव-अभिव्यक्तिले भिडियोको कथालाई अझ प्रभावशाली बनाएको छ।

    भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफी नितिन वाईवाको रहेको छ। उत्कृष्ट छायांकन, लोकेशन छनोट र सम्पादनले भिडियोलाई स्तरीय बनाएको छ।  नेपाली संगीत क्षेत्रमा पछिल्लो समय मर्मस्पर्शी तथा सन्देशमूलक गीतहरूको आकर्षण बढिरहेको सन्दर्भमा “तिनपानेको झोल” पनि सोही धारको एक सशक्त प्रस्तुति बनेको देखिन्छ। गायिका (ज्ञानमाला) गीत संगीतको क्षेत्रमा निक्कै लामो सयमदेखि क्रियाशिल छन्।

    गायिका (ज्ञानमाला) ले आजका दिनसम्म चार दर्जनभन्दा बढी गीतमा आवाज भरिसकेको बताउछिन्। उनको आवाजमा सजिएका हिलेबाट भोजपुर जाने दाई, गेटमा ताला बन्द, तीजगीत मै कस्ति भाका छु, रिडी दोभान, पचास प्रतिशत, परेवाको जोडी छुटेझैं, धुलिखेल झेरेर, फिकुरीको लेक, चट्टै चरणलगायत गीतहरुको सांगीतिक बजारमा छन्।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij