२०८३, आश्विन १ गते

Sep 17 2026

बुटवलमा स्कुटर दुर्घटना हुँदा १ गम्भीर घाइते २ जनाको मृत्यु

बुटवलमा स्कुटर दुर्घटना हुँदा १ गम्भीर घाइते २ जनाको मृत्यु

रोज नेपाल
बुधवार, बैशाख १६ २०८३
रोज नेपाल
बुधवार, बैशाख १६ २०८३
  •  बुटवल । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ ।

     

    पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो ।

    मंगलबार साँझ ७ बजेतिर भएको दुर्घटनामा घाइते दुवै युवतीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    बुटवल वडा नं १३ मा पर्ने भ्यूटावर नजिकको ओरालोमा स्कुटर सडकबाट ३० मिटर तल खसेको थियो । दुर्घटनामा स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक थमन बिसीले जानकारी दिए ।

    नुवाकोटबाट फर्कने क्रमममा ओभरलोडका कारण नियन्त्रण गर्न नसकी स्कुटर दुर्घटना भएको उनले बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    नुवाकोट-बुटवल सडकको यही स्थानमा पट- पटक दुर्घटना भएर पछिल्ला दुई वर्षमा ६ जनाको मृत्यु भइसकेको छ । यो सडक खण्डमा ट्राफिक प्रहरीको चेकजाँच नहुने भएकाले दुर्घटना दोहोरिएर मानवीय क्षति भइरहेको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij