२०८३, आश्विन १ गते

Sep 17 2026

मानवताविरोधी गतिविधि गरेको आरोपसहित हर्क साम्पाङले मागे प्रधानमन्त्री शाहको राजीनामा

मानवताविरोधी गतिविधि गरेको आरोपसहित हर्क साम्पाङले मागे प्रधानमन्त्री शाहको राजीनामा

रोज नेपाल
बुधवार, बैशाख १६ २०८३
रोज नेपाल
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ  । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री शाहले मानवताविरोधी गतिविधि गरेको आरोपसहित हर्कले राजीनामा माग गरेका हुन् ।

    ‘सरकार कुन किसिमले चल्न चाहेको छ भन्ने संकेत देखिएको छ । हरेक कुरामा सेना र प्रहरी बुट–लठ्ठी र बन्दुक । एउटा तीन/चार जना मान्छेको सानो समूहलाई पनि सयौँको संख्यामा प्रहरी देखाएर आतङ्कित बनाउने सुकुम्बासीको लगत सेनाबाट संकलन गर्ने । सबै कुरामा राज्य आतङ्क मच्चाएर मानवताविरोधी गतिविधि गरिरहेको छ’, साम्पाङले भिडियो सन्देशमा भनेका छन्, ‘यसले राष्ट्रिय बेइज्जत भयो । राष्ट्रिय बेइज्जत भएका कारणले राज्य हुनुको पनि मापदण्ड हुन्छ । त्योदेखि तल झारेको कारणले सरकारले राजीनामा दिएर मार्गप्रशस्त गरोस् भन्न चाहन्छु ।’

    संयुक्त राष्ट्रसंघले समेत प्रधानमन्त्री वालेन्द्र शाहको गतिविधिलाई मानवताविरोधी र मानवअधिकार हनन भनेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री शाहको अहिलेको शैलीले राज्यसत्ता नचल्ने उनको ठहर छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij