२०८३, कार्तिक १९ गते

Nov 04 2026

किनारका अनाधिकृत बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अल्टिमेटम

किनारका अनाधिकृत बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अल्टिमेटम

रोज नेपाल
बुधवार, बैशाख १६ २०८३
रोज नेपाल
बुधवार, बैशाख १६ २०८३
  • अशोक मिश्र

    काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका विभिन्न नदी किनारमा रहेका अनधिकृत र जोखिमपूर्ण बस्तीलाई खाली गर्न सूचना जारी गरेको छ। मानवीय उद्धार र विपद् जोखिम न्यूनीकरणका लागि बस्ती खाली गराउन लागिएको हो ।
    ​प्रशासनका अनुसार जिल्ला भरीका यस्ता बस्तीहरू खाली गर्ने कार्य वैशाख १८ गते बिहान ७:०० बजेदेखि एकै पटक सुरु हुने जनाएको छ । यसका लागि स्थानीयलाइ वैशाख १७ गते साँझसम्म अनिवार्य रूपमा घर-टहरा खाली गरिसक्न निर्देशन दिइएको छ।


    ​​सूचनामा उल्लेख गरिएका मुख्य बुँदाहरू यस प्रकार छन्:​सुरक्षित स्थानान्तरण: परिवारमा रहेका बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती र बालबालिकालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ।
    ​सुरक्षा निकायको सहयोग: उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको सहायता लिन सकिनेछ। अस्पताल लैजानुपर्ने व्यक्तिका लागि एम्बुलेन्स समेत तयारी अवस्थामा राखिने प्रशासनले जनाएको छ।
    ​सामान ढुवानी: व्यक्तिगत मालसामान, लत्ताकपडा र पशुपक्षी बाहिर निकाल्न र ढुवानीका लागि सुरक्षाकर्मीको मद्दत लिन भनिएको छ।


    ​सरकारको प्रतिबद्धता र चेतावनी
    ​वास्तविक आश्रयविहीन परिवारका लागि नेपाल सरकारले तत्काल तोकिएको स्थानमा बसोबासको व्यवस्था गर्ने र बालबालिकाको शिक्षाको प्रबन्ध समेत सरकारले गर्ने प्रतिबद्धता जनाएको छ। यद्यपि, नक्कली र अवास्तविक भूमिहीनहरूको पहिचान गरी कानुनी कारबाही गरिने समेत सूचनामा उल्लेख छ।
    ​प्रशासनले यो सूचनालाई अटेर गरी बसिरहेमा, घर-टहरा भत्किँदा हुने थप क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुनुपर्ने चेतावनी दिएको छ। सरकारी अभियानमा सहयोग पुर्‍याउनु सबैको कर्तव्य भएको स्मरण गराएको छ।

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij