२०८३, आश्विन १ गते

Sep 17 2026

भैरहवामा बन्न लागेको पाँचतारे होटेल बुद्ध स्टारको लागत ९% ले बढ्यो, कति पुग्यो ?

भैरहवामा बन्न लागेको पाँचतारे होटेल बुद्ध स्टारको लागत ९% ले बढ्यो, कति पुग्यो ?

रोज नेपाल
बिहिवार, बैशाख १७ २०८३
रोज नेपाल
बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौं । होटल बुद्ध स्टारको लागत ९ प्रतिशतले बढेको छ । होटलको लागत २ अर्ब ९ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

     

    सन् २०१८ मा दर्ता भएको कम्पनीले भैरहवाको सिद्धार्थनगरमा पाँचतारे होटलको निर्माण कार्य अगाडि बढाएको छ ।

    कम्पनीले उक्त स्थानमा १ सय २० वटा कोठाको सुविधाका साथ होटल सञ्चालन ल्याउने भएको हो ।काठमाडौं । होटल बुद्ध स्टारको लागत ९ प्रतिशतले बढेको छ । होटलको लागत २ अर्ब ९ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

    सन् २०१८ मा दर्ता भएको कम्पनीले भैरहवाको सिद्धार्थनगरमा पाँचतारे होटलको निर्माण कार्य अगाडि बढाएको छ ।

    कम्पनीले उक्त स्थानमा १ सय २० वटा कोठाको सुविधाका साथ होटल सञ्चालन ल्याउने भएको हो । कम्पनीले होटल निर्माणका लागि ऋणःइक्विटी ६०ः४० अनुपात राखेको छ ।

    होटलको हालसम्ममा ४६ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । कम्पनीले ऋण दायित्वको भुक्तानीमा ३० दिनभन्दा बढी ढिलाइ गरेको देखिएको छ । जुन परियोजना सञ्चालनमा आउनु अघि नै भुक्तानी दायित्व सुरू भएका कारण उत्पन्न तरलता दबाबसँग सम्बन्धित रहेको कम्पनीको भनाइ छ ।

    परियोजना स्थिर अवस्थामा नपुग्दासम्म कम्पनीको तरलता तथा ऋण भुक्तानी क्षमता दबाबमा रहेको जनाएको छ ।

    रेटिङ अनुसार कम्पनीले आगामी दिनामा आफ्ना ऋण दायित्वहरू समयमै पूरा गर्ने क्षमता नै प्रमुख निगरानीको विषय रहने उल्लेख गरेको छ ।

    राजकुमार पोखरेल र उनका परिवारको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

    कम्पनीले दीर्घकालीन कर्जाका लागि ६५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ करोड रुपैयाँको रेटिङ गराएको हो ।

    रेटिङले लिएको कर्जाको रेटिङ घटाएको छ । जसमा रेटिङले एलडी रेटिङ दिएको छ । यसअघि एलबी माइनस थियो 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij