२०८३, आश्विन १ गते

Sep 17 2026

सबैको रोजाईमा परेको सामुदायिक विद्यालयमा यसरी हुँदै छ विद्यार्थी भर्ना

सबैको रोजाईमा परेको सामुदायिक विद्यालयमा यसरी हुँदै छ विद्यार्थी भर्ना

रोज नेपाल
बिहिवार, बैशाख १७ २०८३
रोज नेपाल
बिहिवार, बैशाख १७ २०८३
  •  

    काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु भएसँगै सबैको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ परेको छ ।

    धेरैजसो निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना भईरहेको छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन र प्रवेश परीक्षाको तयारी गरेको छ । विद्यार्थीको घुईचो हुने सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्न भनी सामान्य शुल्क पनि लिने गरिएको पाइएको छ ।

    संविधान र कानुन अनुसार सामुदायिक विद्यालयमा शुल्क लिन पाइँदैन तर अतिरिक्त कक्षा, पूर्वाधार व्यवस्थापन र अङ्ग्रेजी माध्यममार्फत पढाइका लागि सहयोग शुल्क लिइएको ती विद्यालयका प्रधानाध्यकले जनाएका छन् । प्रवेश परीक्षाका नाममा विद्यार्थीलाई ‘पास–फेल’ गराउन नपाइने भएकाले भर्ना प्रक्रियालाई सरल बनाउन ती विद्यालयले आन्तरिक मापदण्ड बनाएका छन् । सामुदायिक विद्यालयले यही वैशाख २१ गतेदेखि कक्षा सुरू गर्ने तयारी गरेका छन्।

     

    काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयले सीमित क्षमताका कारण ४३० जनासम्म नयाँ विद्यार्थी भर्ना लिने तयारी गरेको छ । सो विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरेले नयाँ भर्नामा धेरै भीड नहोस् भनेर दोस्रो अर्धवार्षिक परीक्षाको नतिजामा कुनै पनि विषयमा ‘एनए’ (नन् ग्रेडेड) नआएका विद्यार्थीलाई मात्रै फारम भर्न योग्य बनाइएको बताए । सो विद्यालयमा कक्षा १–१२ मा चार हजार ६०० विद्यार्थी अध्ययनरत छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij