२०८३, आश्विन २ गते

Sep 18 2026

रोल्पामा बुलेरो जिप दुर्घटना हुँदा २० तीर्थयात्रीको मृत्यु

रोल्पामा बुलेरो जिप दुर्घटना हुँदा २० तीर्थयात्रीको मृत्यु

रोज नेपाल
शुक्रवार, बैशाख १८ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख १८ २०८३
  • रोल्पाको थबाङमा बिहीबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वको रुकुमकोटबाट प्रसिद्ध धार्मिक स्थल जलजलातर्फ गइरहेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप थबाङ गाउँपालिका–१ र ४ को सिमानास्थित डाँडाबाट करिब ८०० मिटर तल खस्दा  मानवीय क्षति भएको छ।

    अविरल वर्षाको कारण हिलाम्मे र चिप्लो बनेको सडकमा सन्तुलन गुमाउँदा जिप सिधै उवातर्फको गहिरो खोंचमा खसेको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटना कति ठूलो थियो भन्ने कुरा जिप खसेको गहिराइले नै पुष्टि गर्छ ।

    प्रहरीका अनुसार ८०० मिटर तल भीरमा छरिएका शवहरू संकलन गरी सडकमाथि ल्याउन सुरक्षाकर्मी र स्थानीयलाई शास्ती परिरहेको छ । झरी र अप्ठ्यारो ठाउँको कारण उद्धार कार्य सुस्त बनेको छ भने हालसम्म मृतक कसैको पनि पहिचान खुल्न सकेको छैन ।

    यस हृदयविदारक घटनाले लुम्बिनी प्रदेशलाई नै शोकमा डुबेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घटनाप्रति गहिरो स्तब्धता प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनाको कारणको खोजी गर्दै आगामी दिनमा सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्न र जोखिमपूर्ण सडकको तत्काल सुधार गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको छ ।

    घटनास्थलमा स्थानीयको सहयोगमा प्रहरीले उद्धार गर्दै शवहरू माथि ल्याउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । शव सबै संकलनपछि मात्रै मृतकको पहिचान कार्य हुने र थप विवरण संकलन गर्ने काम गरिने प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij