२०८३, आश्विन १ गते

Sep 17 2026

धनगढीमा अनैतिक गतिविधि गरेको आरोपमा विभिन्न होटल बाट ३० जना पक्राउ

धनगढीमा अनैतिक गतिविधि गरेको आरोपमा विभिन्न होटल बाट ३० जना पक्राउ

रोज नेपाल
शनिवार, बैशाख १९ २०८३
रोज नेपाल
शनिवार, बैशाख १९ २०८३
  • कैलाली प्रहरीले धनगढीका विभिन्न होटलमा छापा मार्दा ३० जनालाई पक्राउ गरेको छ।

    होटलहरूमा अनैतिक गतिविधि भइरहेको छ भन्ने जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ ।

    डीएसपी तिमिल्सिनाकाअनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको बताए । सो क्रममा यौन क्रियाकलापमा संलग्न रहेको तथा अनैतिक कार्य गर्न प्रेरित  गराएको अभियोगमा १७ महिला र १३ पुरुषलाई नियन्त्रणमा लिइएको उनले बताए ।

    प्रहरीले धनगढीको ब्ल्याक स्टोन कटेजबाट सात जना, सम्झना होटलबाट चार जना, ए एम एन्ड ए होटलबाट पाँच जना, प्रिन्स होटलबाट पाँच जना, कर्णाली होटलबाट छ जना र एभरेस्ट होटलबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।

    उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij