काठमाडौं । पूनर्जिवन धर्मगुरु श्याल्पा तेन्जिन रिम्पोछेको बहुप्रतीक्षित कृति ‘Path to Perfect Freedom’ को नेपाली अनुवाद ‘पूर्ण मुक्तिको मार्ग’ लोकार्पण लोकार्पण भएको छ । बुध्दजयन्तिको अवसरमा लुम्बिनीमा एक कार्यक्रमको विच उक्त पुस्तक लोकार्पण गरीएको हो ।
को हुन् श्याल्पा तेन्जिन रिम्पोछे ?
श्याल्पा तेन्जिन रिम्पोछे बौद्ध दर्शनका विद्ववान हुन्। उनी नेपालमा मात्र होइन, युरोप, अमेरिकालगायत धेरै मुलुकमा प्रख्यात छन्। उनले विगत चार दशक भन्दा लामो समयदेखि विश्वमा शान्तिको सन्देश र वौद्ध शिक्षा फैलाउन योगदान पु¥याउँदै आएका छन्। उनले संयुक्त राष्ट्र संघीय महासभा, ‘वल्र्ड इकोनोमिक फोरम’ लगायतमा भगवान बुद्ध, लुम्बिनी र नेपालको गरिमा बढाउन योगदान पु¥याउँदै आएका छन्।

आनन्दित रहन प्रेरित गर्ने उनको पुुस्तक ‘प्रत्यक श्वासमा आनन्दः पूर्णताको जीवन’ नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित छ। यो पुस्तक विदेशमा समेत लोकप्रिय छ। अङ्ग्रेजी भाषामा लेखिएको उनको पुुस्तक ‘पाथ टु पर्फेक्ट फ्रिडम’को नेपाली अनुवाद ‘पूर्ण मुक्तिको मार्ग’ लुम्बिनीमा लोकार्पण हुँदैछ।
पछिल्लो समय उनी विश्वमा १०८ ओटा ‘युनिभर्सल पिस स्याङ्चुरी’ निर्माण अभियानमा होमिएका छन्। त्यसको केन्द्र भगवान बुुद्धको जन्मथलो लुम्बिनीलाई बनाउने तयारीस्वरुप काम अघि बढाइसकेका छन्। लुम्बिनीमा कमलको फूल आकारमा विशाल गुम्बा बनाउने काम सुरु भइसकेको छ।