२०८३, आश्विन १ गते

Sep 17 2026

सुर्खेत उडेको जहाज मौसम खराब हुँदा नेपालगञ्ज अवतरण

सुर्खेत उडेको जहाज मौसम खराब हुँदा नेपालगञ्ज अवतरण

बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं ।  काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थल डाइभर्ट भएको छ ।

    बुद्धको उडान नम्बर १३७ जहाज बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सुर्खेतको मौसम खराब भएपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बुद्धले जनाएको छ ।

    बुद्धको ७२ सिट क्षमतायुक्त जहाज ‘एटीआर७२–५००’ का सबै यात्रु सकुशल रहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij