२०८३, कार्तिक १९ गते

Nov 04 2026

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीमा प्रभातफेरी

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीमा प्रभातफेरी

रोज नेपाल
आइतवार, बैशाख २० २०८३
रोज नेपाल
आइतवार, बैशाख २० २०८३
  • काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौँको  प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । 

    बानेश्वरदेखि माइतीघरसम्म भएको कार्यक्रममा नेपालका विभिन्न सञ्चार माध्यम तथा सम्बद्ध संघ संस्थामा कार्यरत सञ्चारकर्मीको उपस्थिति रहेको थियो । 

    ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ को नारासहित आयोजित पदयात्रा बिहान माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

    सभामा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले प्रेस स्वतन्त्रता अवस्था वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए । उनले    
     प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारकै अङ्ग भएकाले त्यसको हनन् भएमा आयोग रक्षार्थ उभिने बताए ।

    महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएकाले कुण्ठित नहुने धारणा राखिन् ।
    नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै अवरोध वा अड्चन आइलागे आफूहरूले कानुनी उपचारका साथै स्वतन्त्रताका पक्षमा नैतिक समर्थन जनाउने बताए  ।


    युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

    आज संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै छ । नेपालमा पनि यस दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij