काठमाडौं । सुकुम्वासी बस्तीमा डोजर चलाइरहेको घटनालाई नागरिक अगुवाले मौलिक हकको ठाडो उल्लघंन भनेका छन्। शनिबार ५४ जना नागरिक अगुवाले र्सयुक्त प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
उनीहरूले सुकुम्वासीको वैकल्पिक व्यवस्था नगरी डोजर चलाउनुलाई विधिको बर्खिलाप भनेका छन्। ‘सरकारको यो कार्य संवैधानिक, कानुन र विधिको बर्खिलाप त छ नै त्यसले गम्भीर मावनीय, सामाजिक र आर्थिक संकट पनि निम्त्याएको छ,’ उनीहरूले भनेका छन्, ‘एक नाबालक र एक ज्येष्ठ नागरिकको मृत्यु हुनु केवल दुःखद घटना मात्र होइन, राज्यको चरम असंवेदनशीलता एवं मानव अधिकार उल्लघंनका दसी हुन्।’

