२०८३, आश्विन १ गते

Sep 17 2026

आज यी प्रदेशमा भारी वर्षाको चेतावनी,सुरक्षित रहन सुझाव

आज यी प्रदेशमा भारी वर्षाको चेतावनी,सुरक्षित रहन सुझाव

रोज नेपाल
सोमवार, बैशाख २१ २०८३
रोज नेपाल
सोमवार, बैशाख २१ २०८३
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर साधारणतया बादल लाग्ने र धेरैजसो क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ।

    विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। लुम्बिनी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा असिनासहितको वर्षा र हिमपात हुने देखिएको छ। तराईका केही क्षेत्रमा भने तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ।

    आज राति पनि मौसममा सुधार हुने देखिँदैन। देशभर बादल लाग्ने क्रम जारी रहने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ। रातिको समयमा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ।
    हावाहुरी, चट्याङ र भारी वर्षाले दैनिक जनजीवन तथा यातायातमा असर पार्न सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। पहाडी तथा हिमाली भेगमा हिमपात र तराईमा हावाहुरीको जोखिम रहेकाले सुरक्षित रहन सुझाव दिइएको छ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij