२०८३, आश्विन १ गते

Sep 17 2026

नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभा आज

नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभा आज

रोज नेपाल
सोमवार, बैशाख २१ २०८३
रोज नेपाल
सोमवार, बैशाख २१ २०८३
  • काठमाडौं । नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ आज आफ्नो ६०औँ साधारणसभासँगै नयाँ नेतृत्वको चरणमा प्रवेश गर्दैछ।

    सोमबार बिहान १० बजेबाट सुरु हुने साधारणसभा र निर्वाचन प्रक्रियाले केवल नेतृत्व परिवर्तन मात्र होइन, निजी क्षेत्रको आगामी दिशा र प्राथमिकतासमेत निर्धारण गर्ने अपेक्षा गरिएको छ।

    यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको साधारणसभा अदालतमा मुद्दा परेपछि रोकिएको थियो, जसले महासंघभित्र केही समय अन्योल सिर्जना गरेको थियो। 

    नेपालको औद्योगिक र व्यापारिक इतिहाससँग जोडिएको महासंघको स्थापना वि.सं. २०२२ सालमा भएको हो, जुन राजा महेन्द्रद्वारा उद्घाटित प्रथम वाणिज्य तथा औद्योगिक सम्मेलनको निर्णयअनुसार भएको थियो। त्यसयता महासंघले २० जना अध्यक्ष पाइसकेको छ र आज २१औँ नेतृत्व चयन हुँदैछ।

    संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानले यसपटक अन्जन श्रेष्ठलाई नेतृत्वमा पुर्‍याउँदैछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij