२०८३, कार्तिक १९ गते

Nov 04 2026

सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव

सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव

रोज नेपाल
सोमवार, बैशाख २१ २०८३
रोज नेपाल
सोमवार, बैशाख २१ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यकाका खोला किनारामा जोखिमपूर्ण र अव्यवस्थित रूपमा बसोबास गरिरहेका सुकुम्वासीको व्यवस्थापन आगामी चैत मसान्तभित्र सम्पन्न गर्न सरकारलाई सुझाव दिएको छ।

    आइतबार बसेको पार्टी सचिवालय बैठकले उक्त विषयमा सरकारलाई स्पष्ट कार्ययोजना बनाउन आग्रह गर्ने निर्णय गरेको हो। बैठकपछि प्रवक्ता मनिष झाले यसबारे जानकारी दिएका हुन्।

    उनका अनुसार प्राकृतिक विपद्को जोखिम बढ्ने समय नजिकिँदै गर्दा समयमै सुरक्षित स्थानमा स्थानान्तरण नगरे थप समस्या उत्पन्न हुन सक्ने भन्दै तत्काल कदम चाल्नुपर्नेमा पार्टीले जोड दिएको छ। सुकुम्वासीका लागि गाँस, बास र स्वास्थ्य सुरक्षासहित व्यवस्थित पुनर्स्थापना सुनिश्चित गर्नुपर्ने धारणा बैठकले अघि सारेको उनले बताए।

    रास्वपाले यस कार्यका लागि अधिकार सम्पन्न संरचना वा प्राधिकरण गठन गरी विस्तृत लगत संकलनमार्फत व्यवस्थित पुनर्स्थापनाको प्रक्रिया अघि बढाउन सुझाव दिएको छ। प्रारम्भिक चरणमै कम्तीमा ७५ प्रतिशत व्यवस्थापन चैत मसान्तभित्र सम्पन्न गर्न सकिने गरी योजना बनाउनुपर्ने प्रस्ताव गरिएको छ।

    झाका अनुसार यस्तो प्राधिकरण गठन नभएसम्म गैरकानुनी वा गलत उद्देश्यका लागि अधिग्रहण गरिएका संरचना बाहेक अन्य क्षेत्रमा बल प्रयोग गरी हटाउने कार्य रोक्नुपर्ने धारणा समेत बैठकले राखेको छ।

    स्थानीय तहहरूले आफ्नो अधिकार क्षेत्रभित्र रहेर समन्वयात्मक रूपमा काम गरिरहेको उल्लेख गर्दै रास्वपाले समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउन संघीय तहको नेतृत्व आवश्यक रहेको पनि औँल्याएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij