२०८३, आश्विन १ गते

Sep 17 2026

आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

रोज नेपाल
सोमवार, बैशाख २१ २०८३
रोज नेपाल
सोमवार, बैशाख २१ २०८३
  • काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै छ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।

    आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको हो । समितिको बैठकमा समितिको कार्यक्षेत्रका बारे र समितिको आगामी कामकारबाहीको विषयमा छलफल हुने जानकारी दिइएको छ ।

    त्यस्तै आज बिहान ११ बजे समितिको सभाकक्षमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको कार्य क्षेत्र र समितिले विगतमा सम्पादन गरेका कामकारबाहीको अनुभव आदान/प्रदान गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

    त्यस्तै आज समितिको सभाकक्षमा बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र काम कारबाही र आगामी कार्यदिशा बारे छलफल हुने जानकारी दिइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij