काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८३ सालमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत रूपरेखा तय गरेको छ।
परम्परागत राजनीतिक दलहरूले अभ्यास गर्दै आएको बन्द कोठाभित्रको निर्णय, नातावाद, कृपावाद र आर्थिक चलखेललाई निरुत्साहित गर्दै पूर्ण रूपमा लोकतान्त्रिक र पारदर्शी विधिबाट उम्मेदवार छान्ने नीति रास्वपाले अघि सारेको हो।
रास्वपाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको यो प्रक्रियालाई केवल पूर्णताको घोषणा नभई निरन्तर सुधारतर्फको संस्थागत यात्रा भनेको छ। असल नियतका साथ काम गर्दा हुने त्रुटिलाई स्वीकार्ने, रचनात्मक सुझाव ग्रहण गर्ने र प्रत्येक निर्वाचन चक्रसँगै प्रक्रियालाई थप परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धतासमेत रास्वपाले आफ्नो दस्ताबेजमार्फत व्यक्त गरेको छ।



































