२०८३, आश्विन १ गते

Sep 17 2026

तालिम गर्दै गरेको अवस्थामा सशस्त्र जवानको मृत्यु

तालिम गर्दै गरेको अवस्थामा सशस्त्र जवानको मृत्यु

रोज नेपाल
सोमवार, बैशाख २१ २०८३
रोज नेपाल
सोमवार, बैशाख २१ २०८३
  • धनगढी । कैलालीमा तालिम  गर्दै गरेको अवस्थामा  सशस्त्र प्रहरीको जवानको मृत्यु भएको छ ।

    सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिम गरिरहेका सशस्त्र प्रशिक्षार्थी जवान दार्चुलाको नौगाड गाउँपालिका-१ घर भएका महेश महताको उपचारका क्रममा मृत्यु भएको हो ।

    उनलाई राति साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछि उपचारका लागि सशस्त्रको फिल्ड हस्पिटल अत्तरिया लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै अत्तरिया अस्पताल लगिएको थियो ।

    उपचारकै क्रममा बिहान साढे ४ बजे बेहोस् भएका थिए । त्यसपछि सवा ५ बजे महतालाई मृत घोषणा गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij