२०८३, आश्विन २ गते

Sep 18 2026

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

रोज नेपाल
मंगलवार, बैशाख २२ २०८३
रोज नेपाल
मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    जसको प्रभववाले दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणता बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ ।  कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

    आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणता बादल लाग्नेछ र बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

    बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij