मंगलबार, आजको बजारमा सुनको मूल्य घटेर आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेर आएको हो।
आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ। हिजो सोमबार सुन प्रतितोला २लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घटे सँगै चाँदीको मूल्य भने बढेको छ। हिजो सोमबार प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमा कारोवार भएको छ।
