काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाको चौरिदेउराली गाउँपालिका वडा नम्बर ७ टाडीगाउँमा सडक खन्ने क्रममा स्काभेटर दुर्घटना भएको छ । सडक निर्माण कार्यमा प्रयोग भइरहेको स्काभेटर (डोजर) पुरिँदा चालकको मृत्यु भएको हो
मृत्यु हुनेमा स्काभेटर चालक रौतहट जिल्ला पौराही गाउँपालिका वडा नम्बर ३ निवासी ४१ वर्षीय दिलिप स्माली रहेका छन् । बा २ क २७९२ नम्बरको स्काभेटर पुरिँदा उनी पनि क्याबिनभित्रै पुरिएका थिए । घटनापछि तुरुन्त उद्धार गरिएता पनि उनको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ ।
स्थानीयका अनुसार सडक खन्ने क्रममा जमिन भासिँदा स्काभेटर पुरिएको थियो । दुर्घटनापछि इलाका प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।