पाँचथर । संसारभरका किरात धर्मावलम्बीले आज बैशाक २४ गते विविध कार्यक्रमको आयोजना गरि किरात समाज सुधार दिवस मनाउँदैछन् ।
विसं १९८८ वैशाक २४ गते पाँचथरको लब्रेकुटीमा किरात धर्म दर्शनदाता मुहिङगुम अङसीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको सक्रियतामा तत्कालीन १० लिम्बुवान १७ थुमको तुत्तु तुम्याहाङको विराट भेलाले किरात समाजमा व्यव्त कुरिति कुसंस्कार हटाई सुसस्कृत समाज निर्माणका लागि ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो ।
