२०८३, आश्विन २ गते

Sep 18 2026

नेपाल राष्ट्र बैंकले दसैंका लागि सुकिला नोट उपलब्ध गराउने

नेपाल राष्ट्र बैंकले दसैंका लागि सुकिला नोट उपलब्ध गराउने

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । दसैंका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट उपलब्ध गराउने भएको छ।

    राष्ट्र बैंकले आइतबार सूचना निकालेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गरिने उल्लेख गरेको छ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिनेछ।

    दसैंका बेला राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने भए पनि विगत केही वर्षदेखि भने सुकिला नोटमात्रै सटही गर्दै आएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij