२०८३, आश्विन २ गते

Sep 18 2026

संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि छैन : कामु प्रधानन्यायाधीश

संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि छैन : कामु प्रधानन्यायाधीश

रोज नेपाल
आइतवार, बैशाख २७ २०८३
रोज नेपाल
आइतवार, बैशाख २७ २०८३
  • काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि नहुने बताएकी छन् ।

    कानुन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प नभएको बताइन् ।

    उनले भनिनन्, ‘निश्चय पनि संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि छैन । कोही पनि हुन सक्दैन । संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प पनि छैन ।’ तर, कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भइरहेको छैन भन्ने प्रश्न उठिरहेकोप्रति उनले चिन्ता व्यक्त गरिन् ।

     

    ‘कतै अख्तियारी र विधिको प्रयोगको बाहनामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौमसत्तामा यसका आधारहरू र प्रत्याभूतिहरू शिथिल र अर्कमण्य बनाएर आज्ञाकारी न्यायपालिकाको र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भइरहेको छैन भन्ने प्रश्न अहिले उठिरहेको छ,’ मल्लले भनिन् ।

     

    साथै, न्यायको अन्तिम गन्तव्य बनाउनुको 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij