२०८३, कार्तिक १९ गते

Nov 04 2026

विश्व शिक्षक युनियन महासंघद्वारा नेपाल सरकारको श्रम तथा ट्रेड युनियन नीतिप्रति आपत्ति

विश्व शिक्षक युनियन महासंघद्वारा नेपाल सरकारको श्रम तथा ट्रेड युनियन नीतिप्रति आपत्ति

रोज नेपाल
आइतवार, बैशाख २७ २०८३
रोज नेपाल
आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ । विश्व शिक्षक युनियन महासंघले नेपालमा श्रमिक, शिक्षक, निजामती कर्मचारी तथा विद्यार्थी संगठनमाथि दमन भइरहेको आरोप लगाउँदै गम्भीर चिन्ता व्यक्त गरेको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अधिनायकवादी प्रवृत्ति देखाएको आरोप लगाएको हो ।

    महासंघकाअनुसार सरकारले मे २, २०२६ मा राष्ट्रपति रामचन्द्र पौडेल मार्फत जारी गरेको केही नेपाल ऐन संशोधन अध्यादेश अन्तर्गत सार्वजनिक क्षेत्रका सबै ट्रेड युनियनहरू खारेज गरिएको छ । यसलाई महासंघले श्रमिकहरूको संगठन गर्ने मौलिक अधिकारमाथिको गम्भीर हस्तक्षेपको रूपमा व्याख्या गरेको छ ।

    त्यसैगरी विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाइएको भन्दै प्राज्ञिक स्वतन्त्रता र स्वतन्त्र राजनीतिक अभिव्यक्तिको अधिकारमाथि समेत आक्रमण भएको आरोप महासंघले लगाएको छ ।

    अन्तर्राष्ट्रिय श्रम संगठन का अभिसन्धि नम्बर ८७ र ९८ नेपालले अनुमोदन गरिसकेको अवस्थामा सरकारले ट्रेड युनियन अधिकारमाथि प्रतिबन्ध लगाउनु अन्तर्राष्ट्रिय दायित्वको उल्लंघन भएको महासंघको दाबी छ ।

    महासंघले नेपाली श्रमजीवी वर्ग, शिक्षक, स्वास्थ्यकर्मी, निजामती कर्मचारी तथा विद्यार्थीहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारले दमनकारी निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ । साथै विश्वभरका ट्रेड युनियन तथा मानवअधिकार संगठनलाई नेपालमा ट्रेड युनियन अधिकार पुनःस्थापना गर्न दबाब सिर्जना गर्न आह्वान गरिएको छ ।

    उक्त विज्ञप्ति विश्व ट्रेड युनियन महासंघ सँग आबद्ध विश्व शिक्षक युनियन महासंघका महासचिव ड्रिसी अब्देरज्जाकको तर्फबाट जारी गरिएको हो ।

     

    Related Post

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij