२०८३, आश्विन २ गते

Sep 18 2026

रास्वपाले रूपन्देही उपनिर्वाचनका उम्मेदवार घोषणा गर्दै, आकांक्षीले आजै रविलाई भेट्ने

रास्वपाले रूपन्देही उपनिर्वाचनका उम्मेदवार घोषणा गर्दै, आकांक्षीले आजै रविलाई भेट्ने

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय सचिवालय बैठक डाकेको छ । दिउँसो साढे १ देखि पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट मूल्यांकन, प्रवास विशेष अभियान सञ्चालन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

    सचिवालय बैठक सकिनेबित्तिकै उपनिर्वाचनका उम्मेदवार घोषणाको कार्यक्रम तय गरिएको रास्वपाले जनाएको छ ।

    उपनिर्वाचनका लागि ९ जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनकुमारी अग्रवाल र मधुप्रसाद अर्याल उम्मेदवारका आकांक्षी छन् ।

    सचिवालय बैठकअघि ९ जना आकांक्षीहरू सभापति रवि लामिछानेसँग भेटघाटका लागि नख्खु कारागार जाँदै छन् । बिहान ११ बजे लामिछानेलाई सामूहिक रुपमा भेट्ने कार्यक्रम रहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij