२०८३, आश्विन १ गते

Sep 17 2026

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

रोज नेपाल
सोमवार, बैशाख २८ २०८३
रोज नेपाल
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ । सरकारले विश्वविद्यालयहरुमा विद्यार्थी संगठनहरुरु खारेज गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट परेको थियो ।

    आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा दायर गरेको रिटमा आज सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो । यससँगै अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij