२०८३, कार्तिक १९ गते

Nov 04 2026

रास्वपा महत्त्वाकाङ्क्षी र अराजक जमातको गठजोड हो: बादल

रास्वपा महत्त्वाकाङ्क्षी र अराजक जमातको गठजोड हो: बादल

रोज नेपाल
बुधवार, बैशाख ३० २०८३
रोज नेपाल
बुधवार, बैशाख ३० २०८३
  • काठमाडाैं।  नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कडा प्रहार गर्दै यसलाई ‘महत्त्वाकांक्षी र अराजक जमातको गठजोड’ को संज्ञा दिएका छन्।

    मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले रास्वपाको उदय र वर्तमान कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका हुन्। उनले रास्वपाको सफलतालाई स्वाभाविक नभई प्रविधिको दुरुपयोग र वैदेशिक शक्तिको प्रभावको रूपमा चित्रण गरे। “रास्वपा र यसको नेतृत्वले पाएको सफलता दशकौँदेखि सत्ताधारी दलहरूले गरेका कमजोरीमा खेलिएको एआई  जादु र विश्व भू-राजनीतिका अदृश्य शक्तिहरूको प्रभाव मात्र हो,” उनले भने।

    सम्बोधनका क्रममा बादलले सरकारको नियतमाथि पनि शंका व्यक्त गरे। संसद् अधिवेशन अन्त्य गरेर एकैपटक आठवटा अध्यादेश ल्याउनु प्रशासन र न्यायतन्त्रमा एकल प्रभुत्व जमाउने रणनीतिक चाल भएको उनको तर्क थियो। साथै, रास्वपाले आगामी निर्वाचनमार्फत राज्यका सबै तहमा एकल नेतृत्व स्थापित गर्ने महत्त्वाकांक्षा राखेको र त्यसले लोकतान्त्रिक सन्तुलनमा जोखिम निम्त्याउन सक्ने उनले दाबी गरे।

    ‘यो चरम अवसरवाद र अस्थिर प्रवृत्ति हो’, बादलले भने, ‘यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्त घातक हुन्छ । भ्रम र विरोधाभासको दर्शन हो । बादलले लिपुलेक, टीओवी काण्डबारे नीति तथा कार्यक्रम चुपचाप भएको, शिक्षक तथा पेशा कर्मीको अधिकार खोसिदा नीति कार्यक्रमको घण्टी नबजेको, ऋण लिएर विकास हुँदैन भन्नेहरूले किन ऋण लिइरहेका छन् भन्दै  प्रश्न गरे ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij