२०८३, आश्विन १ गते

Sep 17 2026

नवराज तिमल्सिना एकान्ते” को‘मै थपुँला सही’ लोकदोहोरी भाकाको नयाँ गीत सार्वजनिक

नवराज तिमल्सिना एकान्ते” को‘मै थपुँला सही’ लोकदोहोरी भाकाको नयाँ गीत सार्वजनिक

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । ‘मै थपुँला सही’ लोकदोहोरी भाकाको नयाँ गीत सार्वजनिक भएको छ।

    यसपूर्वक घुमाउने घर पोखरामा लगायतका चर्चित गीतमा स्वर दिइसकेका गायक सुदीप अधिकारीले यसपटक नवराज तिमल्सिना ‘एकान्ते’ को शब्द र लयको गीतलाई बिहिबार उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

    गीतमा गायक सुदीप अधिकारी र गायिका रचना रिमालको स्वर रहेको छ। गीतको लय र शब्द नवराज तिमल्सिना ‘एकान्ते’ले तयार पारेका हुन् भने भिडियो आठ मिनेट ३४ सेकेण्डको रहेको छ।

    उत्कृष्ट छायाङ्कनसहित तयार भएको भिडियोमा लोमस शर्मा र करिष्मा ढकालले आकर्षक मोडलिङ गरेका छन्।

    लोक तथा दोहोरीको मौलिक शैलीमा तयार गरिएको ‘मै थपुँला सही’ दर्शक तथा श्रोतालाई मनपर्ने अपेक्षा लिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij